धरहरा सर्वसाधारणका लागि आगामी माघमा मात्रै खुला हुने « Khabarhub

धरहरा सर्वसाधारणका लागि आगामी माघमा मात्रै खुला हुने



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते २२ तले नयाँ धरहरा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन भए पनि आमनागरिकका लागि झण्डै एक वर्षपछि मात्र धरहरा खुला हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहरा निर्माणको काम ९८ प्रतिशत पूरा भएको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आममानिस चढ्न पाउने गरी तयारी गर्न र धरहरा परिसरको सजावट पूरा गर्न अब ९ महिना लाग्नेछ ।

‘निर्माण कम्पनी र प्राधिकरणबीच २०७८ पुस १० गतेसम्म सम्पूर्ण काम सम्पन्न गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘त्यसको करिब एक महिनापछि सर्वसाधारणका लागि धरहराको प्रवेशद्वार खुला गरिनेछ ।’

उनका अनुसार निर्माण कम्पनीले काम सम्पन्न गरेर प्राधिकरणलाई हस्तान्तरण गरेपछि मात्र सर्वसाधारणका लागि कार्यविधि बन्नेछ । कार्यविधिमा सर्वसाधारणले पालना गर्नुपर्ने मापदण्ड र नियम समावेश हुनेछ । कार्यविधि सरकारबाट स्वीकृत भएपछि धरहरा लागि खुला हुनेछ ।

हाल संग्रहालय निर्माणको काम भइरहेको छ । खिचापोखरीबाट टुँडिखेलसम्म बाटो निर्माण र पार्किङको काम ६० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

धरहरामा भर्‍याङसँगै लिफ्ट पनि राखिएको छ । दुई वटा लिफ्टमध्ये एउटा सञ्चालनमा आएको छ । अर्को लिफ्ट राख्ने काम हुँदैछ । एउटा लिफ्टमा एक पटकमा १० जना उभिन मिल्छ । धरहराको संरचना अपाङ्गमैत्री छ ।

अहिले धरहराको भित्र र बाहिर रङ लगाउने काम हुँदैछ ।

प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा महारानी त्रिपुरासुन्दरीको सम्झनामा ११ तलाको धरहरा निर्माण गराएका थिए । १९९० सालको भूकम्पले उक्त धराहरा भत्काएपछि ९ तलाको अर्को धरहरा गरिएको थियो ।

त्यस्तै २०७२ सालको भूकम्पले धरहरा फेरि तहसनहस भयो । निकै लामो छलफल र तयारी पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ धरहरा निर्माणको जिम्मा पाएको थियो ।

गजुरमा सुनको जलप

धरहराको गजुरमा सुनको जलप लगाइएको छ । सम्पदा विज्ञ मानन्धरका अनुसार धरहराको भग्नावशेषबाट २० तोला सुन निकालिएको थियो । प्राधिकरणले ७५ तोला खरिद गरेर गजुरमा ९५ तोला सुनको जलप लगाइएको छ ।

पार्किङको सुविधा

पहिले ५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२ रोपनीमा फैलिएको छ । धरहरा परिसरमा तीन तले पार्किङको व्यवस्था हुनेछ । यहाँ सबैले सशुल्क पार्किङको सुविधा पाउनेछन् ।

पार्किङकमा एक पटकमा चार पाङ्ग्रे गाडी ३४७ वटा र कम्तीमा ७ सय मोटरसाइकल अट्नेछन् ।

आगन्तुकहरुका लागि आधुनिक शैलीमा धरहरा बनाउन जग्गा अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन खाली गराएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : ०२ बजे

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन