अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश मन्त्रिपरिषद पुनर्गठन « Khabarhub

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश मन्त्रिपरिषद पुनर्गठन



काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु मिलेर सोमबार अविश्वास प्रस्ताव दर्ता गरेपछि जसपाकै सांसदहरुलाई सामेल गराएर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा विकाश पाण्डे, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा विजय बहादुर यादव, शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार राज्य मन्त्रीमा सुमन शर्मा रायमाझीलाई नियुक्त गरेका हुन् ।

कल्पना पाण्डेबाहेक अरु तीन जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । जसपाको सहयोग नरहे अविश्वासको प्रस्ताव पारित हुने अवस्था छ ।

आजै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको पद धरापमा परेको थियो। जसपाका सांसदहरुको साथ लिएर मन्त्रिपरिषद् विस्तार गरेसँगै उनको पद जोगिने अवस्था सिर्जना भएको छ ।

यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार प्रदेशसभा सचिवालयमा कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीन दलका ४१ जना सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा पर्ने अवस्थामा पुगेको थियो ।

जनता समाजवादी पार्टीका ६ जना सांसदमध्ये महन्थ ठाकुर पक्षकी कल्पना पाण्डेले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन् ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा एमालेका ४१, माओवादी केन्द्रका २०, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सदस्य छन्।

लुम्बिनी प्रदेशमा नयाँ सरकारको आह्वान गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा थिएका थिए ।

उनीहरुले मुख्यमन्त्री पोखरेललाई संयुक्त रुपमा राजीनामा पत्र बुझाएका थिए । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनको एकीकरण र जनभावना विपरित आफ्ना कदमहरु गरिरहेको आरोप लगाउँदै उनीहरुले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ३३ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको