अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश मन्त्रिपरिषद पुनर्गठन « Khabarhub

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश मन्त्रिपरिषद पुनर्गठन



काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु मिलेर सोमबार अविश्वास प्रस्ताव दर्ता गरेपछि जसपाकै सांसदहरुलाई सामेल गराएर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा विकाश पाण्डे, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा विजय बहादुर यादव, शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार राज्य मन्त्रीमा सुमन शर्मा रायमाझीलाई नियुक्त गरेका हुन् ।

कल्पना पाण्डेबाहेक अरु तीन जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । जसपाको सहयोग नरहे अविश्वासको प्रस्ताव पारित हुने अवस्था छ ।

आजै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको पद धरापमा परेको थियो। जसपाका सांसदहरुको साथ लिएर मन्त्रिपरिषद् विस्तार गरेसँगै उनको पद जोगिने अवस्था सिर्जना भएको छ ।

यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार प्रदेशसभा सचिवालयमा कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीन दलका ४१ जना सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा पर्ने अवस्थामा पुगेको थियो ।

जनता समाजवादी पार्टीका ६ जना सांसदमध्ये महन्थ ठाकुर पक्षकी कल्पना पाण्डेले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन् ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा एमालेका ४१, माओवादी केन्द्रका २०, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सदस्य छन्।

लुम्बिनी प्रदेशमा नयाँ सरकारको आह्वान गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा थिएका थिए ।

उनीहरुले मुख्यमन्त्री पोखरेललाई संयुक्त रुपमा राजीनामा पत्र बुझाएका थिए । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनको एकीकरण र जनभावना विपरित आफ्ना कदमहरु गरिरहेको आरोप लगाउँदै उनीहरुले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ३३ बजे

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथांका– निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका

स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए

काठमाडौं– काठमाडौंको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा