सुनसरीमा हतियारसहित एकजना पक्राउ « Khabarhub

सुनसरीमा हतियारसहित एकजना पक्राउ


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा – सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम मन्सुरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए ।

गएराति अस्थायी प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले मन्सुरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । मन्सुरीका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

रोजा पर्व मनाउनका लागि ससुराली घर जुद्धगञ्जमा आएको बेलामा विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मन्सुरीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : १५ बजे

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा

युवा संघका दमक अध्यक्ष नै बालेनतर्फ..

काठमाडौं – झापा ५ का उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी