सैनिक कमाण्ड तथा स्टाफ तालिममा नेपालसहित ११ देशका सैनिक अधिकृत सहभागी (फोटोफिचर) « Khabarhub

सैनिक कमाण्ड तथा स्टाफ तालिममा नेपालसहित ११ देशका सैनिक अधिकृत सहभागी (फोटोफिचर)


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सैनिक सेवामा उच्च तहमा पुग्न अनिवार्य मानिएको २८ औँ समूहको कमाण्ड तथा स्टाफ तालिम शुरु भएको छ ।

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले तालिम शुभारम्भ गर्दै सफलताका लागि शुभकामनाा व्यक्त गरे ।

सो अवसरमा तालिममा सहभागी विदेशी शिक्षार्थीबाट कलेज परिसरमा आआफ्नो देशको झण्डोत्तोलन गरिएको थियो । कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले कोभिड–१९ को सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको जानकारी दिए ।

मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण उक्त तालिममा नेपाली सेनाका तर्फबाट महिला अधिकृत ५ जना सहित ५९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र श्रीलङ्का, केन्या, नाईजेरिया, पाकिस्तान, बंगलादेश, बेलायत, भारत, मलेसिया, माल्दिभ्स र लेवनानका १/१ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ७२ जना अधिकृतहरु सहभागी छन् ।

वि.सं. २०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले वि.सं. २०५० भाद्र २० गतेदेखि १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ९८१, विभिन्न मित्रराष्ट्रहरुका ८९, नेपाल प्रहरीबाट १२, सशस्त्र प्रहरी बलबाट २४, राष्ट्रिय अनुसन्धान विभागबाट १५ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा ११२२ जना शिक्षार्थी अधिकृतहरु उक्त तालिमबाट दिक्षित भएका छन् । (रासस)

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : ५८ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले