प्रिमियर लिग : म्यानचेस्टर युनाईटेड र फुलहमको बराबरी « Khabarhub

प्रिमियर लिग : म्यानचेस्टर युनाईटेड र फुलहमको बराबरी


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र फुलहमले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको खेलमा युनाईटेड र फुलहमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाड्न बाध्य भयो ।

ओल्ड ट्राफोर्डमा १५औँ मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

७६औँ मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै युनाईटेड ३७ खेलमा ७१ अंकसहित दोस्रो स्थानमा यथावत छ । फुलहम २८ अंकसहित १८औँ स्थानमा छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ७ : १० बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ