१४ करोड ५० लाखभन्दा बढीले जिते कोरोना « Khabarhub

१४ करोड ५० लाखभन्दा बढीले जिते कोरोना


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा अहिलेसम्म १४ करोड ५० लाख १६ हजार ४५७ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या १६ करोड ४८ लाख ८० हजार ६१६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ८ हजार ४६५ संक्रमित थपिएका छन् ।

सोही अवधिमा १३ हजार ८३३ को मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ लाख १८ हजार ५५ पुगेको छ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख ४६ हजार १०४ छ । जसमध्ये १ लाख ८२५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिमामा संक्रमित संख्या ३ करोड ३७ लाख ७४ हजार ९४५ पुगेको छ । बितेको २४ घण्टामा २७ हजार ५०६ संक्रमित थपिएका छन् । सोही अवधिमा ७३३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ६ लाख १ हजार ३३० पुगेको छ ।

कोरोना भाइरस संक्रमण तीव्र बनेको भारतमा संक्रमण दर क्रमश: घट्न थालेको छ ।

केही दिन चार लाखभन्दा बढी संक्रमित थपिएको भारतमा अहिले क्रमश: संक्रमितको संख्या घट्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको तथ्यांक अपडेट गरिरहेको वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा भारतमा २ लाख ६७ हजार १७४ जनामा संक्रमण थपिएको छ । सोही अवधिमा ४ हजार ५२५ नागरिकले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ । त्यस्तै अहिलेसम्म २ लाख ८३ हजार २७६ जनाको ज्यान गएको छ ।

अहिलेसम्म भारतमा २ करोड १९ लाख ७९ हजार ७०३ जनाले कोरोनालाई जितेका छन् । ३२ लाख ३२ हजार १६५ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : १७ बजे

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा