१४ करोड ५० लाखभन्दा बढीले जिते कोरोना « Khabarhub

१४ करोड ५० लाखभन्दा बढीले जिते कोरोना


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा अहिलेसम्म १४ करोड ५० लाख १६ हजार ४५७ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या १६ करोड ४८ लाख ८० हजार ६१६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ८ हजार ४६५ संक्रमित थपिएका छन् ।

सोही अवधिमा १३ हजार ८३३ को मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ लाख १८ हजार ५५ पुगेको छ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख ४६ हजार १०४ छ । जसमध्ये १ लाख ८२५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिमामा संक्रमित संख्या ३ करोड ३७ लाख ७४ हजार ९४५ पुगेको छ । बितेको २४ घण्टामा २७ हजार ५०६ संक्रमित थपिएका छन् । सोही अवधिमा ७३३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ६ लाख १ हजार ३३० पुगेको छ ।

कोरोना भाइरस संक्रमण तीव्र बनेको भारतमा संक्रमण दर क्रमश: घट्न थालेको छ ।

केही दिन चार लाखभन्दा बढी संक्रमित थपिएको भारतमा अहिले क्रमश: संक्रमितको संख्या घट्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको तथ्यांक अपडेट गरिरहेको वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा भारतमा २ लाख ६७ हजार १७४ जनामा संक्रमण थपिएको छ । सोही अवधिमा ४ हजार ५२५ नागरिकले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ । त्यस्तै अहिलेसम्म २ लाख ८३ हजार २७६ जनाको ज्यान गएको छ ।

अहिलेसम्म भारतमा २ करोड १९ लाख ७९ हजार ७०३ जनाले कोरोनालाई जितेका छन् । ३२ लाख ३२ हजार १६५ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : १७ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण