अपडेट : दाउन्नेमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ४९ घाइते « Khabarhub

अपडेट : दाउन्नेमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ४९ घाइते



नवलपरासी– पुर्व पश्चिम राजमार्गको नवलपरासी पश्चिम क्षेत्र दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानीखोला नजिकै बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।

बसका चार जना यात्रुको भने घटनास्थलमा नै मृत्यु हुनुका साथै ४९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २ महिला र २ जना पुरुष रहेका छन् । दुर्घटनामा परी रुकुम पश्चिम सिस्ने गाउँपालिका ७ का ३६ वर्षका धनराज घर्ती र कल्पना पुनको मृत्यु भएको डिएपी लामाले लामाले जानकारी दिए । अन्य दुई जनाको भने सनाखत हुन सकेको छैन ।

घाइते मध्ये ४२ जना बर्दघाट नगरपालिका ४ चिसापानी अस्पतालमा उपचार भइरहेको छ भने पाँच जनाको बर्दघाटकै सञ्जीवनी क्लिनिकमा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने महिला कल्पना पुनको भाइसहित अन्य पाँच जना यात्रु भने सकुशल रहेका छन् ।

काठमाडौँबाट छुटेको बसका एउटा चालकले नागढुंगाबाट नारायणघाटसम्म चलाउनुपर्नेमा बुटवलसम्म लैजान लागेको घाइते चालकले प्रहरीलाई बताएका छन् ।

निषेधाज्ञाको बेला बसले कस्तो किसिमको अनुमति लिएर आएको भन्नेबारेमा नखुलेको डिएसपी लामाले बताए । चालककाअनुसार बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ९ : २१ बजे

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने