अपडेट : दाउन्नेमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ४९ घाइते « Khabarhub

अपडेट : दाउन्नेमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ४९ घाइते



नवलपरासी– पुर्व पश्चिम राजमार्गको नवलपरासी पश्चिम क्षेत्र दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानीखोला नजिकै बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।

बसका चार जना यात्रुको भने घटनास्थलमा नै मृत्यु हुनुका साथै ४९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २ महिला र २ जना पुरुष रहेका छन् । दुर्घटनामा परी रुकुम पश्चिम सिस्ने गाउँपालिका ७ का ३६ वर्षका धनराज घर्ती र कल्पना पुनको मृत्यु भएको डिएपी लामाले लामाले जानकारी दिए । अन्य दुई जनाको भने सनाखत हुन सकेको छैन ।

घाइते मध्ये ४२ जना बर्दघाट नगरपालिका ४ चिसापानी अस्पतालमा उपचार भइरहेको छ भने पाँच जनाको बर्दघाटकै सञ्जीवनी क्लिनिकमा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने महिला कल्पना पुनको भाइसहित अन्य पाँच जना यात्रु भने सकुशल रहेका छन् ।

काठमाडौँबाट छुटेको बसका एउटा चालकले नागढुंगाबाट नारायणघाटसम्म चलाउनुपर्नेमा बुटवलसम्म लैजान लागेको घाइते चालकले प्रहरीलाई बताएका छन् ।

निषेधाज्ञाको बेला बसले कस्तो किसिमको अनुमति लिएर आएको भन्नेबारेमा नखुलेको डिएसपी लामाले बताए । चालककाअनुसार बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ९ : २१ बजे

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण