छाङ्गरु र तिङ्करमा ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइँदै « Khabarhub

छाङ्गरु र तिङ्करमा ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइँदै


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो ।

व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए ।

उनका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप लगाइने छ । खोप जिल्ला आइपुगेको भन्दै उहाँले एक/दुई दिनभित्रै खोप र आवश्यक औषधि लिएर छाङ्गरु र तिङ्कर जाने तयारी भएको बताए । त्यहाँ रहेका स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत कोरोनाविरुद्धको खोप लगाइने छ ।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले छाङ्गरु र तिङ्करका लागि आएको खोप तत्काल लगाउने निर्णय गरेको थियो ।

व्यासका स्थानीयवासी गत वैशाख पहिलो सातादेखि खलङ्गाबाट छाङ्गरुका लागि बसाइँ सरेका थिए । व्यासका स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गामा छाङ्गरु र तिङ्करको जाडो छल्न आउने गर्छन् भने छ महिना खङ्लगाको गर्मी छल्न माथि उक्लिने गर्छन् ।

व्यासको भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर सरकारले नक्सा सार्वजनिक गरेपछि यो क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको छ ।

यस क्षेत्रमा विशेष कार्ययोजना बनाएर सरकारले कार्यक्रम अघि सारेको छ भने प्रदेश सरकारले पनि विशेष गौरवको योजना अघि बढाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : ४० बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार