गाउँपालिका उपप्रमुखको निधनमा सप्तरीका सबै स्थानीय तह बन्द « Khabarhub

गाउँपालिका उपप्रमुखको निधनमा सप्तरीका सबै स्थानीय तह बन्द


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ ।

सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो ।

जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका प्रमुखहरुको मङ्गलबार बसेको बैठकले स्थानीय तह तथा सो मातहत रहेका सम्पूर्ण शाखा, उपशाखा र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विज्ञप्ति जारी गरेर जानकारी दिए । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका छन् ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकी, फत्तेपुर मोडल पोलिक्लिनिक हुँदै उपचारका लागि चौधरीलाई विराटनगर लगिएको थियो ।

सात महिनाकी गर्भवतीसमेत रहेकी चौधरीको विराटनगरस्थित विराट नर्सिङहोम अस्पतालमा मङ्गलबार मृत्यु भएको हो ।

तीन दिनअघि गर्भमा रहेको शिशुलाई मृतावस्थामा निकालिएको थियो । आइसीयूमा राखेर उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १२ : ३० बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च