एसईई र १२ कक्षाको परीक्षाको उपाय खोज्दै कार्यदल « Khabarhub

एसईई र १२ कक्षाको परीक्षाको उपाय खोज्दै कार्यदल


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा सञ्चालनको उपाय खोज्न गठित कार्यदलले जेठ १५ गतेभित्र प्रतिवेदन पेश गर्ने भएको छ ।

समितिले परीक्षाबारे छलफल अघि बढाएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य दुर्गाप्रसाद अर्यालले बताए । उनी कार्यदलमा पनि सदस्य छन् । उनका अनुसार समितिले परीक्षा सञ्चालनबारे विद्यालय सञ्चालकहरू, प्रधानाध्यापकहरू, शिक्षक संघसङ्गठनका प्रतिनिधिहरू र विज्ञहरूसँग सुझाव लिने काम गरिरहेको छ ।

अर्यालले भने, ‘हामी अहिले सल्लाह, सुझाव लिइरहेका छौँ, आगामी १५ गतेभित्र बोर्डलाई सबैका कुरा समेटेर प्रतिवेदनमार्फत विकल्प दिन्छौँ ।’ उनले कोरोना महामारीको अवस्था हेरेर परीक्षाको विकल्पहरूबारे छलफल गर्ने बताए ।

गत साता राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गते शुरू हुने एसईई र जेठ २६ गते शुरू हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

स्थगनसँगै बोर्डले परीक्षा सञ्चालनका विषयमा अध्ययन गर्न ‘शिक्षा तथा मानवस्रोत विकास केन्द्र’ का महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले समितिले प्रतिवेदन बुझाएपछि परीक्षाका विषयमा निर्णय गर्ने बताए ।

निर्णय कुर्दै परीक्षा नियन्त्रक

एसईई परीक्षाको सबै आन्तरिक काम सकिएकाले आफूहरू बोर्डको निर्णयको पखाइमा रहेको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।

उनले परीक्षा नियन्त्रण कार्यालय तयारी अवस्थामा रहेको बताए । उनले भने, ‘पहिलेकै शैलीमा परीक्षा हुने भयो भने पनि एक हप्ताभित्रै सबै जिल्लामा प्रश्नपत्र पठाइसक्छौँ ।’

परीक्षार्थी ५ लाख

२०७७ सालको एसईई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले आवदेन फारम भरेका छन् । परीक्षा सञ्चालनका लागि २ हजार १८ केन्द्र तोकिएको छ ।

२०७६ सालमा पनि कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन भएपछि विद्यालयले गरेको अन्तिम परीक्षाका आधारमा एसईई नतिजा प्रकाशन गरिएको थियो ।

कक्षा १२ को काम बन्द

बोर्डका अध्यक्ष पौडेलले परीक्षा स्थगित भएसँगै १२ कक्षाको परीक्षाको आन्तरिक काम पनि रोकिएको बताए ।

परीक्षाको लागि उत्तर पुस्तिका तयार राखिएको तर प्रश्नपत्र छाप्ने, परीक्षा केन्द्र तोक्ने लगायत कामहरू तत्कालको लागि स्थगित भएको उनले बताए ।

कक्षा १२ को वार्षिक परीक्षामा करिब साढे चार लाख विद्यार्थी सहभागी हुने बोर्डको अनुमान छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १ : ३० बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा