एसईई र १२ कक्षाको परीक्षाको उपाय खोज्दै कार्यदल | Khabarhub Khabarhub

एसईई र १२ कक्षाको परीक्षाको उपाय खोज्दै कार्यदल


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा सञ्चालनको उपाय खोज्न गठित कार्यदलले जेठ १५ गतेभित्र प्रतिवेदन पेश गर्ने भएको छ ।

समितिले परीक्षाबारे छलफल अघि बढाएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य दुर्गाप्रसाद अर्यालले बताए । उनी कार्यदलमा पनि सदस्य छन् । उनका अनुसार समितिले परीक्षा सञ्चालनबारे विद्यालय सञ्चालकहरू, प्रधानाध्यापकहरू, शिक्षक संघसङ्गठनका प्रतिनिधिहरू र विज्ञहरूसँग सुझाव लिने काम गरिरहेको छ ।

अर्यालले भने, ‘हामी अहिले सल्लाह, सुझाव लिइरहेका छौँ, आगामी १५ गतेभित्र बोर्डलाई सबैका कुरा समेटेर प्रतिवेदनमार्फत विकल्प दिन्छौँ ।’ उनले कोरोना महामारीको अवस्था हेरेर परीक्षाको विकल्पहरूबारे छलफल गर्ने बताए ।

गत साता राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गते शुरू हुने एसईई र जेठ २६ गते शुरू हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

स्थगनसँगै बोर्डले परीक्षा सञ्चालनका विषयमा अध्ययन गर्न ‘शिक्षा तथा मानवस्रोत विकास केन्द्र’ का महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले समितिले प्रतिवेदन बुझाएपछि परीक्षाका विषयमा निर्णय गर्ने बताए ।

निर्णय कुर्दै परीक्षा नियन्त्रक

एसईई परीक्षाको सबै आन्तरिक काम सकिएकाले आफूहरू बोर्डको निर्णयको पखाइमा रहेको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।

उनले परीक्षा नियन्त्रण कार्यालय तयारी अवस्थामा रहेको बताए । उनले भने, ‘पहिलेकै शैलीमा परीक्षा हुने भयो भने पनि एक हप्ताभित्रै सबै जिल्लामा प्रश्नपत्र पठाइसक्छौँ ।’

परीक्षार्थी ५ लाख

२०७७ सालको एसईई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले आवदेन फारम भरेका छन् । परीक्षा सञ्चालनका लागि २ हजार १८ केन्द्र तोकिएको छ ।

२०७६ सालमा पनि कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन भएपछि विद्यालयले गरेको अन्तिम परीक्षाका आधारमा एसईई नतिजा प्रकाशन गरिएको थियो ।

कक्षा १२ को काम बन्द

बोर्डका अध्यक्ष पौडेलले परीक्षा स्थगित भएसँगै १२ कक्षाको परीक्षाको आन्तरिक काम पनि रोकिएको बताए ।

परीक्षाको लागि उत्तर पुस्तिका तयार राखिएको तर प्रश्नपत्र छाप्ने, परीक्षा केन्द्र तोक्ने लगायत कामहरू तत्कालको लागि स्थगित भएको उनले बताए ।

कक्षा १२ को वार्षिक परीक्षामा करिब साढे चार लाख विद्यार्थी सहभागी हुने बोर्डको अनुमान छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १ : ३० बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका