हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने « Khabarhub

हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती- वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ ।

अक्सिजन प्लान्ट निर्माणका लागि मङ्गलबार अस्पताल र उद्योग सङ्घ हेटौँडाबीच सम्झौता भएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ १६ गतेभित्र निर्माण शुरु हुने गरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरे ।

प्लान्ट निर्माण रु एक करोड ३० लाखमा सम्पन्न हुने अनुमान सङ्घले गरेको छ । प्लान्ट निर्माणको संयोजन उद्योग सङ्घले गर्ने र आर्थिक जोहो सङ्घसँग आबद्ध उद्योगीहरुले गर्ने सङ्घले जानकारी दिएको छ ।

जेठ १६ गतेसम्ममा ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने र त्यसको करिब २०/३० दिनभित्र प्लान्ट जडान भइसक्ने सङ्घका अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्लान्टले दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति गर्नसक्ने उनले बताए । यसैबीच मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक १०० सिलिण्डर अक्सिजन ल्याउने अभियान शुरु गरेको छ ।

कोरोना सङ्क्रमणको दर बढिरहेकाले हेटौँडा अस्पतालमा उपचाररत बिरामीलाई सघाउ पुर्‍याउने उद्देश्यले सो अभियान चालिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रत्येक दिन उपमहानगरपालिकाको आर्थिक लगानीमा १०० सिलिण्डर अक्सिजन भरेर अस्पतालमा उपलब्ध गराइने छ । पछिल्लो समय उपमहानगरपालिकामा अक्सिजन चाहिने सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय सरकारले पहलकदमी बढाएको हो ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १ : ११ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन