घाँटी रेटिएको अवस्थामा युवतीको शव फेला | Khabarhub Khabarhub

घाँटी रेटिएको अवस्थामा युवतीको शव फेला


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा एक युवतीको शव फेला परेको छ । रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक रंगेली–३ की २४ वर्षीया अनिता यादव रहेको प्रहरीले जनाएको छ । उनको शव बुधबार बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार अनिताको शव घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा फेला परेको हो। पानी नभएको सुक्खा नहरमा हत्या गरेर फ्याकिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

डिएसपी मन्जिल मुकारूङको नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको एपसी खड्काले बताए। प्रहरीले अनिताका श्रीमान बेचन, ससुरा, सासु र देवरलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १ : २५ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको