सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु | Khabarhub Khabarhub

सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।

सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो । गोली लागेपछि मृतक राजभर गम्भीर घाइते भएका थिए । उनको उपचार स्थानीय सहिद स्मृति अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि बुटवल स्थित लुम्बिनी सिटि हस्पिटल पठाइएको थियो । घाइते राजभारलाई उपचारका लागि लैजाँदा बाटोमै मृत्यु भएको लामाले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  २ : ४३ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको