कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन काठमाडौँ महानगरको निर्देशन « Khabarhub

कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन काठमाडौँ महानगरको निर्देशन


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरले बुधबार विज्ञप्ति निकाल्दै कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा लिनसक्ने अवस्था नरहेकाले आन्तरिक मुल्यांकन विधिबाट परीक्षा गर्न निर्देशन दिएको हो ।

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नरहेकाले पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिमा २० प्रतिशत गरी परीक्षाको मुल्यांकन गर्न निर्देशन दिएको महनगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए ।

जारी सूचनामा जेठ २५ गतेभित्र महानगरपालिको शिक्षा शाखामा विद्यार्थीको विषयगत मूल्यांकन विवरण पठाउन भनिएको छ ।

महानगरपालिकाले यसअघि पनि असार १ बाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भन्दै अन्य कक्षाका विद्यार्थीको विभिन्न विधिमार्फत जेठ मसान्तभित्र परीक्षा नतिजा प्रकाशन गर्न निर्देशन दिईसकेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ३ : १० बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै