कोरोना कहर : आन्तरिक मुल्यांकनबाटै परीक्षा लिन पालिकाहरुले दिए निर्देशन « Khabarhub

कोरोना कहर : आन्तरिक मुल्यांकनबाटै परीक्षा लिन पालिकाहरुले दिए निर्देशन


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित गराएर परीक्षा लिन सक्ने अवस्था नभएपछि केही स्थानीय तहहरुले आन्तरिक मुल्यांकन विधिमार्फत विद्यालय तहको वार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन् ।

कोरोनाको जोखिम नघटेको हुँदा काठमाडौँ महानगर, पोखरा महानगर र इलाम नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरुलाई आन्तरिक मुल्यांकनका आधारमै भए पनि परीक्षा लिन निर्देशन दिएका हुन् ।

यही जेठ २ गते आइतबार काठडमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयहरुलाई आन्तिरिक मुल्यांकनको आधारमा परीक्षा गर्न निर्देशन दिएको थियो । महानगरले आगामी २० गतेभित्र परीक्षा सकेर जेठ मसान्तसम्ममा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिइसकेको छ ।

कक्षा ८ बाहेक अन्या कक्षाको अनलाइन, अफलाइन, टेलिफोन, आन्तरिक मुल्यांकन लगायत विभिन्न विधिबाट परीक्षा सञ्चाालन गर्न निर्देशन दिएको महानगरले आज पुनः अर्को विज्ञप्ति जारी गदैँ ८ कक्षाको परीक्षा पनि आन्तरिक मुल्यांकनको आधारमा गर्न निर्देशन दिएको छ ।

कक्षा ८ को परीक्षा मुल्यांकन गर्नको लागि महानगरले पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिलाई २० प्रतिशत गरी परीक्षाको मुल्यांकन गर्न निर्देशन दिएको महनगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए ।

त्यस्तै पोखरा महानगरपालिकाले पनि गएको सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयलाई आन्तिरिक मुल्यांकनको आधारमा परीक्षा गर्न आग्रह गरेको थियो ।

विद्यार्थीको त्रैमासिक, अर्धवार्षिक परीक्षालाई आधार मानेर आन्तरिक मूल्याङकनका आधारमा विद्यार्थीको मूल्याङकन गरी वार्षिक नतिजा प्रकाशन गर्ने र शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना सम्बन्धी कार्य आसार एक गतेबाट मात्र सुरु गर्ने महानगरले निर्णय गरेको हो ।
पोखरा महानगरले ८ कक्षाको वार्षिक परीक्षाको विषयमा भने हालसम्म कुनै निर्णय गरेको छैन् ।

त्यस्तै इलाम नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका विद्यालयहरुलाई आन्तरिक मुल्यांकन गरी जेठ मसान्तभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिइसेकेको छ ।

भौतिक रुपमा उपस्थित भइ तत्काल परीक्षा गर्न सक्ने अवस्था नरहेकाले भन्दै २०७७ को वार्षिक परीक्षा आन्तिरिक मुल्यांकन विधिबाट गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।
यसअघि सञ्चालन भएका त्रैमासिक परीक्षा, निरन्तर विद्यार्थी मूल्याङ्कनलाई आधार मानेर वा अन्य वैकल्पिक प्रक्रियाबाट मूल्याङ्कन गरी जेष्ठ मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

नगरपालिकाले असारको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउन पनि सबै विद्यालयलाई निर्देशन दिएको छ ।

इलाम नगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षाको विषयमा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिले अर्काे सूचना जारी गर्ने जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ४ : १४ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै