यार्सा संकलन क्षेत्र फोहोर व्यवस्थापन अभियान « Khabarhub

यार्सा संकलन क्षेत्र फोहोर व्यवस्थापन अभियान


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना र सहारा नेपालका सहकार्यमा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राईढुंगी, माझालगायत वनमा फालिएका पुराना कपडा, जुत्ता, प्लाष्टिक, सिसा आदि यार्सा संकलनकर्ताले फालेको फोहोर खाल्डो खनेर विसर्जन गरिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीका नेतृत्वमा खटिएको टोलीले यार्सा संकलन क्षेत्रमा अस्थायी शौचालय पनि निर्माण गरेको छ ।

संकलन क्षेत्रमा फोहोरका कारण यार्सा उत्पादन दिनप्रतिदिन घट्दै गएको यार्सा संकलक ज्योति फडेराले बताए। उनले भने, “पहिला एकै दिनमा एक सय, डेढ सय यार्सा पाउँथ्यौँ । अहिले एक महिनाभरि खोजे पनि त्यति पाइँदैन ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ४ : २० बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा