गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री नियुक्त « Khabarhub

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री नियुक्त



पोखरा– गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले बुधबार पहिलेकै पाँच मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको छ । सबैलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि पनि किरण गुरुङ अर्थ, रामशरण बस्नेत भौतिक पूर्वाधार, नरदेवी पुन सामाजिक विकास, विकास लम्साललाई उद्योग, पर्यटन वन तथा वातावरण र दीपक मनाङे युवा तथा खेलकुद मन्त्री थिए ।

मुख्यमन्त्री गुरुङ्विरुद्ध अविश्वास प्रस्ताव दर्ता भई संसदको विशेष अधिवेशन स्थगित भएका बेलामा मन्त्री बनाइएको थियो । मुख्यमन्त्री गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि मनाङेको १० दिनमै पदमुक्त भएका थिए ।

मन्त्रिपरिषद् विस्तार गरिएपछि बुधबार नै पाँचै जनालाई सपथ खुलाउने कार्यक्रम तय गरिए पनि मनाङे उपस्थित हुन नसकेपछि बुधबार चार जनालाई मात्रै सपथ खुवाइएको छ । यद्यपि बुधबार किरण गुरुङलाई अर्थमन्त्रीका रुपमा सपथ दिलाए पनि अन्यलाई विभाग तोकिएको छैन ।

कोभिड संक्रमित भएर होम आइसोलेसनमा रहेकाबेला मुख्यमन्त्री गुरुङले वैशाख २९ गते पद तथा गोपनीयताको सपथ लिएका थिए । मन्त्री गुरुङ कोरोनामुक्त भइसकेका छैनन् ।

१२ मन्त्रालयसम्म रहन सक्ने प्रदेशमा यसअघि मनाङेसहित ८ मन्त्रालय कायम रहेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ४ : ३१ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,