गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री नियुक्त | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री नियुक्त



पोखरा– गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले बुधबार पहिलेकै पाँच मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको छ । सबैलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि पनि किरण गुरुङ अर्थ, रामशरण बस्नेत भौतिक पूर्वाधार, नरदेवी पुन सामाजिक विकास, विकास लम्साललाई उद्योग, पर्यटन वन तथा वातावरण र दीपक मनाङे युवा तथा खेलकुद मन्त्री थिए ।

मुख्यमन्त्री गुरुङ्विरुद्ध अविश्वास प्रस्ताव दर्ता भई संसदको विशेष अधिवेशन स्थगित भएका बेलामा मन्त्री बनाइएको थियो । मुख्यमन्त्री गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि मनाङेको १० दिनमै पदमुक्त भएका थिए ।

मन्त्रिपरिषद् विस्तार गरिएपछि बुधबार नै पाँचै जनालाई सपथ खुलाउने कार्यक्रम तय गरिए पनि मनाङे उपस्थित हुन नसकेपछि बुधबार चार जनालाई मात्रै सपथ खुवाइएको छ । यद्यपि बुधबार किरण गुरुङलाई अर्थमन्त्रीका रुपमा सपथ दिलाए पनि अन्यलाई विभाग तोकिएको छैन ।

कोभिड संक्रमित भएर होम आइसोलेसनमा रहेकाबेला मुख्यमन्त्री गुरुङले वैशाख २९ गते पद तथा गोपनीयताको सपथ लिएका थिए । मन्त्री गुरुङ कोरोनामुक्त भइसकेका छैनन् ।

१२ मन्त्रालयसम्म रहन सक्ने प्रदेशमा यसअघि मनाङेसहित ८ मन्त्रालय कायम रहेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ४ : ३१ बजे

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र