८ हजार १७३ संक्रमित थपिए, ७ हजार ९८९ जना डिस्चार्ज | Khabarhub Khabarhub

८ हजार १७३ संक्रमित थपिए, ७ हजार ९८९ जना डिस्चार्ज


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिको परीक्षणबाट सो संख्यामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ८० हजार ४१८ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थपिए २ हजार ४८६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १ हजार ९८८ जना, भक्तपुरमा २२८ जना र ललितपुरमा २७० जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा २ हजार ६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९५२ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – १९०
१०-१९ वर्ष – ५१८
२०-२९ वर्ष – १७९२
३०-३९ वर्ष – १९५२
४०-४९ वर्ष – १३६१
५०-५९ वर्ष – ११०८
६०-६९ वर्ष – ६६९
७०-७९ वर्ष – ३१५
८०-८९ वर्ष – ९४
९०-१०० वर्ष- १८
अज्ञात – ३७

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ५, खोटाङमा २९, झापामा ३४४, ताप्लेजुङमा ८३, तेह्रथुम १६, धनकुटामा ८८, पाँचथर १, भोजपुरमा ७, मोरङमा ३८३, संखुवासभामा १४, सोलुखुम्बु १६ र सुनसरी २०९ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १९९, पर्सामा ८५, बारामा १८७, महोत्तरीमा १२७, रौतहटमा २५, सप्तरीमा १८, सर्लाहीमा २१ र सिरहामा ७३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ९८८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १५५, चितवनमा १९३, दोलखामा ९१, धादिङमा ११७, नुवाकोटमा २१, भक्तपुरमा २२८, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा २९, ललितपुरमा २७०, सिन्धुपाल्चोकमा २२१ र सिन्धुली ४५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३४७, गोरखामा १४२, तनहुँमा ३७, नवलपरासी पूर्वमा ३५, पर्वत १०, मनाङ १३, म्याग्दी १८, लमजुङमा १६, बागलुङमा ६ र स्याङजामा २३ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २१, कपिलवस्तुमा १२, गुल्मीमा ३, दाङमा १७७, नवलपरासीमा ५५, पाल्पामा १९, प्यूठानमा १, बर्दियाका १५८, बाँकेमा २४०, रुपन्देहीमा ३४६ र रोल्पामा ८ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १२, जाजरकोटमा १, जुम्ला ६, दैलेखमा ४४, रुकुम पश्चिममा २, सल्यानमा १८, सुर्खेतमा २७४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १५८, कञ्चनपुरमा ९१, कैलालीमा ४१७, डडेल्धुरामा ७७, डोटी ५३, दार्चुला ३ र बैतडीमा १९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

यी हुन ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका ४३ जिल्ला 

नेपालका ५७ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५७ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।

जसमध्ये ४३ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १४ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट, सप्तरी र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप र सिन्धुली पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सल्यान, सुर्खेत र दैलेख र सुदुरपश्चिम प्रदेशको डडेल्धुरा कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, प्रदेश १ को ताप्लेजुङ, उदयपुर, धनकुटा र संखुवासभा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ को सर्लाही र सिरहामा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बागमती प्रदेशको दोलखा र रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशको पर्वत, म्याग्दी र लमजुङ पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

१ हजार ९९९ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा 

मन्त्रालयका अनुसार १ हजार ९ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ६१८ कोरोना संक्रमितको आईसीयूमा र ३८१ को भेन्टिलेटरमा गरी कुल १ हजार ९९९ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २०८ जना आईसीयूमा र २६ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २१२ आईसीयूमा र ५५ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ८०१ जना आईसीयूमा र ३३५ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १३३ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५३ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा, कर्णालीमा ६८ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४३ जना आईसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ७ हजार ९८९ जनाले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९८९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ ।

एकैदिन २४६ कोरोना संक्रमितको मृत्यु

नेपालमा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २४६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ४ : ३८ बजे

राष्ट्रपतिद्वारा सर्वोच्चमा तीन न्यायाधीश नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त

विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि सुनचाँदी व्यवसायीको धर्ना

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै

प्रभु बैंकका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं– प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग

एमालेसँग एकता गर्ने नीति र सोच छैन : अग्नि सापकोटा

काठमाडौं– नेकपा (माओवादी) केन्द्रले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेसँग एकता

फेसबुकमा सामग्री सेयर गरेको आरोपमा राप्रपाका युवा नेता समातिए

काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका