एमाले कार्यदल बैठक स्थगित « Khabarhub

एमाले कार्यदल बैठक स्थगित


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक स्थगित भएको छ ।

आज साँझ ७ बजेका लागि बोलाइएको बैठक भोलि बस्नेगरी स्थगित भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

आजको बैठकमा कार्यदलका सबै सदस्यहरु उपस्थित हुन सक्ने अवस्था नभएपछि भोलि बस्ने गरी बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

कार्यदलका सदस्यसमेत रहेका नेता सुरेन्द्र पाण्डेले बैठक लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका कार्यदल सदस्य शंकर पोखरेल अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको बताए ।

आजको बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची थियो।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको चर्किएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलम संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेता नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्। ​

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ७ : ४६ बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित