युरोकप : चेक रिपब्लिक र क्रोएसियाको बराबरी « Khabarhub

युरोकप : चेक रिपब्लिक र क्रोएसियाको बराबरी


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रोएसिया र चेक रिपब्लिकले युरोकप फुटबलमा बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको खेलमा क्रोएसिया र चेक रिपब्लिकले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो । ३७औँ मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४७औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए । उनले आन्द्रे कर्मारीचको पासमा गोल गरेका हुन् ।

बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ ।

क्रोएसिया तालिकाको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : ४५ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात