मेलम्चीका बाढीपीडितलाई कलाकारको राहत « Khabarhub

मेलम्चीका बाढीपीडितलाई कलाकारको राहत


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्चीका बाढी प्रभावितलाई राहत प्रदान गर्न नेपाली फिल्म क्षेत्रका कलाकारहरु एकजुट भएका छन् । उनीहरु मेलम्ची नै पुगेर पीडितलाई राहत प्रदान गरिरहेका छन् ।

यही क्रममा कतिपय सेलिब्रेटीले गाडीको प्रयोग गरेका छन् भने कतिपयले हेलिकप्टरमार्फत राहतको सामाग्री पुर्‍याएका छन् ।

अभिनेत्री श्वेता खड्का र उनको सामाजिक समूह शुक्रबार प्रभु हेलिकोप्टरबाट हेलम्बुलगायत सिन्धुपाल्चोकका बाढीग्रस्त ठाउँ पुगे । खाद्यन्न र लुगाफाटोसहितका सहायता लिएर उनीहरुको टोली हेलम्बु, तिम्बु, चनौटे र तारामराङ गएको थियो ।

बाढीपहिरो गएपछि फेसबुकमा उनले चलाएको राहत संकलन अभियानबाट प्राप्त सहयोग र आफ्नो केही सहयोग लिएर उनी त्यहाँ पुगेकी हुन् । श्वेताले सिन्धुपाल्चोकमै भूकम्प पीडित माझीका लागि माझी बस्ती बनाएकी थिइन् ।

यस्तै अभिनेत्री आँचल शर्मा र उनका टिमले पनि सिन्धुपाल्चोक पुगेर सहयोग गरेको छ । आँचलसँगै निर्देशक मिलन चाम्स, वसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल लगायतको टिमले सहयोग वितरण गरेको थियो ।

हाँस्य कलाकार कुमार कट्टेलले आफ्नो कलाकार समूह लिएर सिन्धुपाल्चोक पुगी राहत प्रदान गरेका छन् । कुमारसहित जयराम सिग्देल, मधुसुदन पाठक, अशोक धिताल, गोपाल लामालगायतले ३० बोरा चामल, ३४ वटा ब्ल्याङ्केटलगायत अन्य सामाग्री बाढीपीडितलाई दिएका थिए । अभिनेत्री पूजा शर्मा, कलाकार राज कटवालको टोली पनि सिन्धुपाल्चोकको मेलम्ची पुगेर राहत प्रदान गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १२ : ५० बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर