काठमाडौँ उपत्यकामा संक्रमण दर घट्दो, २४ घण्टामा ३३७ थपिए « Khabarhub

काठमाडौँ उपत्यकामा संक्रमण दर घट्दो, २४ घण्टामा ३३७ थपिए


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर घट्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुरमा ४४ र ललितपुरमा ९२ जनामा गरी कुल ३३७ जना थपिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमी आएको देखिएको छ ।

यस्तै देशभरका जिल्लाहरूमध्ये बागलुङमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । बागलुङमा पछिल्लो २४ घण्टामा २२५ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : २६ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि