महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते भएको उपेन्द्र पक्षको आरोप | Khabarhub Khabarhub

महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते भएको उपेन्द्र पक्षको आरोप


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्रलाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले किर्ते जालसाजी गरिएको फर्जी पत्र भएको जनाएको छ ।

जसपा अध्यक्ष ठाकुरले शुक्रबार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता गराएका थिए ।

यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै हुँदै नभएको निर्णयलाई निर्णय भनी ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको दाबी गरेका छन् ।

‘निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानूनी तथा दण्डनीय कार्य हो,’ खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जसपाको पुस ७ गतको बैठकले गरेका निर्णय अध्यक्षद्वय यादव र ठाकुरको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक भएको र केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने प्रस्ताव उक्त बैठकको कार्यसूचीमा नरहेको विज्ञप्तिमा उल्लेख छ ।

ठाकुर पक्ष अहिले सरकारमा सहभागी भएको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा उभिएको छ । पार्टी आधिकारिकताको विषयलाई लिएर जसपाभित्रको विवाद अहिले निर्वाचन आयोगमा पुगेछ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ३९ बजे

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा

काठमाडौँ-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रममा युवाको उपस्थिति

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र

तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै

दोधारा चाँदनी- बाढीका कारण दोधारा–चाँदनीको कुतियाकवरको डेढ बिघा खेतीयोग्य जग्गा कटान

‘लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्छ’

काठमाडौं– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम