सेनाले खुलायो थुनिएको मर्स्याङ्दी, चामेको ठूलो खतरा टर्‍यो « Khabarhub

सेनाले खुलायो थुनिएको मर्स्याङ्दी, चामेको ठूलो खतरा टर्‍यो



पोखरा– मनाङको चामेस्थित मर्स्याङ्दी नदी थुनिएपछि जोखिममा रहेको तटीय क्षेत्रमा खतरा टरेको छ।

मर्स्याङ्दी नदीले बगाएर ल्याएको काठ दाउराका साथै माथिबाट खसेको पहिरोले गर्दा थुनिएको नदी नेपाली सेनाको सक्रियतामा खुलाइएपछि खतरा टरेको हो ।

चामे जाने ठूलो पुल नजिक शनिबार बिहान पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएको थियो । असार नलाग्दै मनसुन शुरु भएको पहिलो वर्षाले गण्डकीको मनाङसहित देशका विभिन्न ठाउँमा ठूलो क्षति पुर्‍याएको छ ।

मनाङको चामे गाउँपालिकाको वडा नम्बर ४ र ५ भएर बग्ने मर्स्याङ्दी नदी थुनिएको भाग पूर्ण रुपमा नखुल्दा नदीको तटीय क्षेत्रमा रहेका बासिन्दाहरुमा जोखिम भने कायमै रहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

शनिवार बिहानैदेखि पानी परिरहेकाले तल्लो तटीय क्षेत्रमा जोखिम रहेको प्रजिअ लामिछानेले बताए । मस्याङ्दी नदीको बाढीले ढुंगा मुढा र लेदोसहित बगाएर ल्याएकाले नदी थुनिने सम्भावना अझै रहेकाले सतर्क रहन प्रशासनले अपिल गरेको छ ।

असार १ गते आएको बाढीपहिरोले मनाङको तीन पालिका पूर्ण रुपमा प्रभावित भएको छ । त्यो दिनको बाढीले चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुर्‍याएको थियो ।

सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

बाढीले मनाङका विभिन्न ठाउँका सडक तथा पुल पुलेसा बगाएर बाटो अवरुद्ध छ । बाटो अवरुद्ध हुँदा बाढीपीडितको उद्धारमा समेत कठिनाइ भएको छ ।

बाढीले चामे बजारमै रहेको हुलाक कार्यालय लगायत सरकारी कार्यालयहरु, बैंक रहेको भवनसमेत बगाएको छ । बाढीबाट विस्थापित तथा जोखिममा रहेका स्थानीयवासी चामे गाउँपालिका–५ माडाकुनामा निर्माण गरिएको कारागारमा बसेका छन् ।

यसअघि पनि मर्स्याङ्दी नदीमा आएको बाढीले नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर डुबानमा परेका थिए ।

बाढी प्रभावित मनाङको अवलोकन गर्न बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली सेनाको हेलिकोप्टरबाट केही राहत सामग्रीसहित चामे पुगेको थियो ।

बाढीपहिरोले क्षति पुर्‍याएको मनाङमा सडक, विद्युतसेवा सूचारु हुन सकेको छैन । मनाङ जोड्ने विभिन्न सडक र पुलहरु बाढीले बगाएकाले राहत तथा उद्धारमा पनि समस्या भइरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : ३० बजे

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

भोजपुर– हिउँदे वर्षा नहुँदा भाेजपुरका किसान चिन्तित भएका छन् ।

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष

विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्।

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम