निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी « Khabarhub

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्।

निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा कुरा गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको अवस्था र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोही अनुसार काम भइरहेकाले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बत। उनले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखसँगको छलफलमा आयोगले निर्वाचनका लागि आयोग तत्पर रहेको स्पष्ट राखेको बताए।

“हामीलाई बजेटको केही अपर्याप्तता थियो। अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा दिने प्रतिबद्धता दिइसकेको छ”, भण्डारीले भने, “अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ। यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनेका छौँ।”

निर्वाचनका लागि आयोगले करिब सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले पाँच अर्ब ९६ करोड स्रोत यसअघि सुनिश्चित गरिसकेको छ। आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आव्हान गरेको छ। यसअघि यही मङ्सिर १४ गते सम्ममा निर्वाचनमा भाग लिने १२० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन्।

यसैबीच आफ्ना नियमित बुलेटिनमा निर्वाचनको दिनगणना (काउण्टडाउन) सहित समाचार र सामग्रीहरु महत्त्व दिन थालेकामा आभार व्यक्त गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण सृजनाका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ९ : १६ बजे

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा