जापानमा रहेका नेपालीले प्राकृतिक चिकित्सालयलाई गरे ल्याब सहयोग | Khabarhub Khabarhub

जापानमा रहेका नेपालीले प्राकृतिक चिकित्सालयलाई गरे ल्याब सहयोग


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वी नवलपरासीको देवचुली नगरपालिका – १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई जापानमा बसेका नेपालीहरुले ल्याब सहयोग गरेका छन् ।

नवलपुर समाज जापानले चिकित्सालयलाई ११ लाख बराबरको ल्याब उपकरणहरु सहयोग गरेको हो । शनिवार आयोजित एक कार्यक्रममा समाजका संस्थापक अध्यक्ष केशव पौडेलले चिकित्सालयमा ल्याब स्थापना तथा सञ्चालनका लागि उपकरणहरु हस्तान्तरण गरे ।

चिकित्सालयमा ल्याब उपकरणहरु नहुँदा सामान्य परीक्षणका लागि पनि अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका निर्देशक डा. विनोद पौडेलले बताए । जापानमा श्रम खर्चिएको गरेको सहयोगबाट ल्याब उपकरणहरु जोडिएपछि बिरामीले सहज र सुलभ सेवा पाउने उनले बताए । ल्याब उपकरणहरुबाट रगत परीक्षणहरु गर्न सकिने डा. पौडेलले बताए ।

कार्यक्रममा संविधानसभाका सदस्य महेन्द्रध्वज जिसीले विदेशमा रहेका नेपालीले पठाएको उपकरणहरुको सदुपयोग गर्न आग्रह गरे । उनले उपकरणहरु गोदाममा थन्किएको खबरहरु सुन्ने अवस्था नल्याउन पनि चिकित्सालय प्रशासनलाई आग्रह गरे ।

कोरोना संक्रमणका कारण जिल्लामा निषेधाज्ञा लागू गरिएपछि झण्डै दुई महिनादेखि उक्त चिकित्सालय बन्द रहेको छ । कोरोनाको पहिलो संक्रमणका क्रममा गत वर्ष कोभिड अस्थायी अस्पताल बनाइएको थियो । प्राकृतिक उपचारबाट शत प्रतिशत कोरोना संक्रमितलाई निको पारेर चिकित्सालय चर्चा कमाएको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : १० बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज