युरोकप : फ्रान्ससँग हंगेरीको बराबरी « Khabarhub

युरोकप : फ्रान्ससँग हंगेरीको बराबरी


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ ।

हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो । पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो ।

रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । रोलान्ड सालियाको पासमा उनले उत्कृष्ट गोल गरेका हुन् ।

तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।

त्यसबाहेक खेल अवधि भर विश्व विजेता फ्रान्सले एकतर्फी पकड जमाएको थियो । तर, गोल गर्न असफल भयो ।

यस बराबरीसँगै समूह ‘एफ’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । साविक विजेता समेत रहेको फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो । हंगेरीले भने पहिलो एक अंक जोडेको छ । हंगेरी १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३-० ले पराजित भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ४८ बजे

एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स

विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा आजबाट सुरु

लुम्बिनी– लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीन दिने ‘विश्व शान्ति

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख

कैलाली– लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर– मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा