जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई भारतीय मजदुरको मृत्यु | Khabarhub Khabarhub

जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई भारतीय मजदुरको मृत्यु


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । आगोले जलेर तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकै सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी, नवराज चौलागाँई र अवधेस कुसवाहा जलेर घाइते भएका छन् । उनीहरूमध्ये विकको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

तीन जनाको सिमराकै तराइ अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पाइप वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : १८ बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।