जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई भारतीय मजदुरको मृत्यु « Khabarhub

जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई भारतीय मजदुरको मृत्यु


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । आगोले जलेर तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकै सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी, नवराज चौलागाँई र अवधेस कुसवाहा जलेर घाइते भएका छन् । उनीहरूमध्ये विकको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

तीन जनाको सिमराकै तराइ अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पाइप वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : १८ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति