देउवाले विश्वासको मत पाएपछि माधव नेपालले भने : निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ « Khabarhub

देउवाले विश्वासको मत पाएपछि माधव नेपालले भने : निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै ‘निरंकुशताको अन्त्य’ भएको दाबी गरेका छन् ।

संसद भवन नयाँ वानेश्वरमा संसद बैठकपछि प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संसद र संविधान जोगिएको भन्दै भने,‘पटक-पटक संसद विघटन गरियो । संसद उठ्न सक्दैन भनेर जुन कदम चालिएको थियो । तर संसद पुर्नस्थापना भएको छ । सर्वोच्चको फैसलाले संविधान जोगिएको छ । निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ ।’

बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अब अघिल्लो सरकारले गरेका गल्ती सच्याएर अघि बढ्ने दाबी गरे । उनले भने,‘अत्यधिक बहुमतले सरकारलाई विश्वासको मत प्राप्त भएको छ । विगतमा देखिएको रानजीतिक संकटतर्फ धकेल्न खोजिएको रोकिएको छ । विगतका सरकारले गरेका गल्ती सच्याउँदै प्रमले रोष्टम उभिएर गर्नुभएको प्रतिवद्धतातर्फ लाग्नुपर्छ । त्यसमा हामी साथ दिन्छौँ ।’

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्तावको पक्षमा १ सय ६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्र परेको छ । त्यस्तै राप्रपाका सांसद राजेन्द्र लिङदेनले भने आफू तटस्थ बस्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना