देउवाले विश्वासको मत पाएपछि माधव नेपालले भने : निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ « Khabarhub

देउवाले विश्वासको मत पाएपछि माधव नेपालले भने : निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै ‘निरंकुशताको अन्त्य’ भएको दाबी गरेका छन् ।

संसद भवन नयाँ वानेश्वरमा संसद बैठकपछि प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संसद र संविधान जोगिएको भन्दै भने,‘पटक-पटक संसद विघटन गरियो । संसद उठ्न सक्दैन भनेर जुन कदम चालिएको थियो । तर संसद पुर्नस्थापना भएको छ । सर्वोच्चको फैसलाले संविधान जोगिएको छ । निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ ।’

बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अब अघिल्लो सरकारले गरेका गल्ती सच्याएर अघि बढ्ने दाबी गरे । उनले भने,‘अत्यधिक बहुमतले सरकारलाई विश्वासको मत प्राप्त भएको छ । विगतमा देखिएको रानजीतिक संकटतर्फ धकेल्न खोजिएको रोकिएको छ । विगतका सरकारले गरेका गल्ती सच्याउँदै प्रमले रोष्टम उभिएर गर्नुभएको प्रतिवद्धतातर्फ लाग्नुपर्छ । त्यसमा हामी साथ दिन्छौँ ।’

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्तावको पक्षमा १ सय ६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्र परेको छ । त्यस्तै राप्रपाका सांसद राजेन्द्र लिङदेनले भने आफू तटस्थ बस्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : ०१ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट