मृतक संख्या ४१ लाख नाघ्यो, १७ करोड ४१ लाखभन्दा बढी निको « Khabarhub

मृतक संख्या ४१ लाख नाघ्यो, १७ करोड ४१ लाखभन्दा बढी निको


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६८४ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३६१ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि एक समय विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा अहिले संक्रमण लगभग नियन्त्रणमा छ । त्यहाँ अहिले दैनिक औषत १० हजार हाराहारी संक्रमित हुने गरेका छन् भने ३०/३५ जनासम्मको मृत्यु हुने गरेको छ । हालसम्म अमेरिकामा ६ लाख २४ हजार ७४६ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ४२ हजार २६२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा पनि संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा सोमबार बिहानसम्म ४ लाख १४ हजार १४१ संक्रमितको मृत्यु भएको छ ।

यस्तै  रूसमा १ लाख ४८ हजार ‍४१४ जना, बेलायतमा १ लाख २८ हजार ७०८ जना, फ्रान्समा १ लाख ११ हजार ४७२ जना, इटालीमा १ लाख २७ हजार ८६७ जनाको मृत्यु भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ४० हजार ५७४ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार ४५ छ ।  पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १७ करोड ४१ लाख ४८ हजारभन्दा बढी छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १९ करोड ११ लाख ९४ हजार ८९७ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड २९ लाख ४१ हजार ४४७ छ । यसमध्ये ८० हजार ५३० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : ५५ बजे

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना