मृतक संख्या ४१ लाख नाघ्यो, १७ करोड ४१ लाखभन्दा बढी निको « Khabarhub

मृतक संख्या ४१ लाख नाघ्यो, १७ करोड ४१ लाखभन्दा बढी निको


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६८४ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३६१ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि एक समय विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा अहिले संक्रमण लगभग नियन्त्रणमा छ । त्यहाँ अहिले दैनिक औषत १० हजार हाराहारी संक्रमित हुने गरेका छन् भने ३०/३५ जनासम्मको मृत्यु हुने गरेको छ । हालसम्म अमेरिकामा ६ लाख २४ हजार ७४६ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ४२ हजार २६२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा पनि संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा सोमबार बिहानसम्म ४ लाख १४ हजार १४१ संक्रमितको मृत्यु भएको छ ।

यस्तै  रूसमा १ लाख ४८ हजार ‍४१४ जना, बेलायतमा १ लाख २८ हजार ७०८ जना, फ्रान्समा १ लाख ११ हजार ४७२ जना, इटालीमा १ लाख २७ हजार ८६७ जनाको मृत्यु भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ४० हजार ५७४ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार ४५ छ ।  पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १७ करोड ४१ लाख ४८ हजारभन्दा बढी छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १९ करोड ११ लाख ९४ हजार ८९७ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड २९ लाख ४१ हजार ४४७ छ । यसमध्ये ८० हजार ५३० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : ५५ बजे

कर्णालीविरुद्ध धरापमा विराटनगरको ब्याटिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

पर्यटन पूर्वाधारमा लगानी बढाउन माग

पाँचथर– पाँचथरमा पर्यटन विकासका लागि पूर्वाधारमा लगानी बढाउन सरोकारवालाले माग

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ : अन्तरिम सरकार गठन र संसद् विघटन तत्कालीन अवस्थाको बाध्यकारी कदम

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्की नेतृत्वमा गत भदौ २७

सात वटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सात वटा

प्रचण्डले भने- माधवजी र मैले मिलेर संविधान जोगायौँ, केपीले संसद् पुनः स्थापनको कुरा गर्न सुहाउँदैन

धनगढी – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा