पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डको जित « Khabarhub

पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डको जित


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी भएको छ ।

लिड्समा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ४५ रनले हराएको हो । इंग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका मोहमद रिजवानले ३७ रन जोड्दा शादब खानले अविजित ३६ रन बनाए । कप्तान बाबर आजम २२ रनमा आउट भए ।

बलिङमा इंग्ल्यान्डका साकीब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो । इंग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । मोइन अलीले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले ३८ रन बनाए ।

जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : ४० बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी