कोरोना कहरले ‘होम स्टे’ सुनसान « Khabarhub

कोरोना कहरले ‘होम स्टे’ सुनसान


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- छ वर्षअघि मुलुकमै पहिलोपटक कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीमा राना थारु समुदायको घरबास (होमस्टे) सञ्चालनमा आयो ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको नयाँ बस्तीमा सञ्चालनमा ल्याएको होमस्टे सञ्चालनमा रहँदा देखिने पाहुनाको भीडभाड कोरोना कहरसँगै सुनसानमा परिणत भएको छ ।

राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले कोरोनाको दोस्रो लहर शुरु भएसँगै गत चैतयता होमस्टेमा पाहुना आवागमन ठप्प रहेको बताए ।

“अहिले ताल नामक संस्थाको सहयोगमा होमस्टे सञ्चालकले समेत लगानी गरेर नयाँ आठवटा घर बनाए”, उनले भने, “महामारीले गर्दा नयाँ घर त बने तर पाहुना बस्न पाएका छैनन् ।”

राना थारु बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेका बेला अघिल्लो वर्षदेखि आएको महामारीले व्यवसाय नै धराशायी भएको रानाको भनाइ छ ।

लकडाउनका बेला होमस्टे सञ्चालकहरू तरकारी खेतीलगायतका खेतीपातीमा व्यस्त रहेका थिए । गत मङ्सिर/पुस महिनामा होमस्टेमा पाहुनारु आउन थाले पनि कोरोनाको दोस्रो लहर शुरु भएपछि होमस्टे बन्द गर्नुपरेको थियो ।

राना थारु पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्छ । त्यसैगरी भीमदत्त–१३ पिपरियामा पनि मगर बस्तीमा होमस्टे सञ्चालनको तयारी भइरहँदा कोरोना कहर आएपछि प्रभावित भएको छ ।

शुक्लाफाँटा र महाकाली नदीमा रहेको एशियाकै लामो दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रमा पर्ने मगर बस्तीमा होमस्टे सञ्चालनमा लकडाउनले समस्या भएको हो ।

यहाँको कृष्णपुर नगरपालिकाको वाणी र शुक्लाफाँटाको जोनापुरमा सञ्चालनमा रहेका होमस्टे पनि महामारीले गर्दा सञ्चालनमा आउन सकेका छैनन् ।

होमस्टे सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा पनि राहत पुगेको नयाँबस्तीका स्थानीय चानुराम रानाले बताउनुभयो । “पुरानो पुस्ताले प्रयोग गर्ने लुगा, उपभोग गर्ने परिकार र लगाउने वेषभूषाका बारेमा हामी नयाँ पुस्ताले पनि जानकारी लियौँ”, उनले भने, “गाउँका सबै युवा पुस्ता अब पुरानो संस्कृतिलाई जगेर्नामा लाग्नुपर्छ, संस्कृति संरक्षण गर्नु पनि हाम्रो दायित्व हो ।”

होमस्टेमा पाहुनाको चाहनाअनुसार परम्परागत पहिरनमा घंगरीया, अंगिया, उनिया, पैडा, गरेला, थिच्चु, फुल्बालगायतका पहिरन र वेषभूषा लगाएर युवा/युवतीले नृत्यसमेत देखाउने गर्छन् । शुक्लाफाँटा–७ सिमलफाँटामा रहेको होमस्टे कोरोना कहरले प्रभावित छ ।

“तीन वर्षअघि दातृ निकायको सहयोगमा संरचना बनेर होमस्टे सञ्चालनमा आएका हुन्”, होमस्टे सञ्चालक विन्दु साउदले भने, “प्रायः शुक्लाफाँटा भ्रमणका लागि आउने पाहुना यहाँ आउँथे ।”

वडासदस्यसमेत रहेका साउदले यहाँ सात वटा घरमा होमस्टे रहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : २५ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट