पार्टी बैठक बालुवाटारमा नराख्न देउवालाई थापाको आग्रह « Khabarhub

पार्टी बैठक बालुवाटारमा नराख्न देउवालाई थापाको आग्रह


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले सरकारी निवास सरेको भोलिपल्टै कांग्रेस पदाधिकारी बैठक राखेपछि थापाले यस्तो आग्रह गरेका हुन् ।

नेता थापाले ट्वीट गर्दै बलुवाटारमा पार्टी बैठक नराख्न गरेको अनुरोधमा सभापति देउवा सकारात्मक रहेको जानकारी पनि गराएका छन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अवदेखि त्यस्टो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला,’ थापाले ट्वीटमा भनेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : २५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले