काठमाडौँ- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं एमाले नेता सूर्य थापाले नेपाल-खनाल समूहलाई ‘हरामी’ गुटको संज्ञा दिएका छन् ।
थापाले देउवा सरकारलाई टालाटुली बटुली विश्वासको मत हासिल गरेको पनि बताएका छन् । उनले तटस्थ बसेका एमालेका १० सांसदलाई बिरामी भनेका छन् ।
सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै थापाले भनेका छन्,’ २०७८ साउन ३ को मध्यरात- श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गर्यो । काङ्ग्रेस ६१, माके ४९, जसपा३२, हरामी गुट२२ र राष्ट्रिय जनमोर्चा१= १६५ । विपक्षमा एमाले८३, विरामी१०, फ्लोक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ ! हेरौँ त तमासा !’
२०७८साउन३काे मध्यरात-
श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल ग-याे। काङ्ग्रेस६१, माके४९,जसपा३२,हरामी गुट२२ र राष्ट्रिय जनमाेर्चा१=१६५।विपक्षमा एमाले८३,विरामी१०।फ्लाेरक्रस,प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ!
हेराैं त तमासा! https://t.co/KUbF4xvhR8 pic.twitter.com/nBuCzfSTVe— Surya Thapa (@ThapajiSurya) July 19, 2021
प्रतिक्रिया