मेची अस्पतालका ड्युटीमा रहेका चिकित्सक कपुरीमाथि कुटपिट « Khabarhub

मेची अस्पतालका ड्युटीमा रहेका चिकित्सक कपुरीमाथि कुटपिट


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् ।

श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले बताए ।

“हामीले असुरक्षा महसुस गरिरहेका छौं”, उनले भने, “बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौं, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारवाही हुनुपर्छ ।” डा कपुरीले घटनाका दोषीमाथि कारवाही गरिपाउँ भनी आजै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजूरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारवाही गर्ने जानकारी दिए । घटनाको छानविन भएर दोषीलाई कारवाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : ४० बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा