माधव नेपाल गद्दार हुन्, अब एमालेमा कुनै ठाउँ छैन : ओली « Khabarhub

माधव नेपाल गद्दार हुन्, अब एमालेमा कुनै ठाउँ छैन : ओली


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल ‘कम्युनिस्ट आन्दोलनकै गद्दार’ भएको आरोप लगाएका छन् ।

सोमबार शुरू भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई गद्दार भएको आरोप लगाउँदै अब नेपालका लागि एमालेमा कुनै ठाउँ नभएको घोषणासमेत गरेका छन् ।

नेपालका लागि कुनै ठाउँ नभएको बताएका ओलीले अन्य नेताहरूले भने गल्ती स्वीकार गरेर, सच्चिएर आएमा पार्टीले स्वागत गर्ने बताए ।

आइतबार प्रतिनिधिसभामा एमालेका २२ जना सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । उक्त घटनालाई ओलीले ‘चरम अनैतिक’ भएको टिप्पणी गरे ।

ओलीले उनीहरुलाई पार्टीले कारबाही गर्ने संकेत गरेका छन् । ‘पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै रहन्न’, ओलीले भनेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : ४७ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा