देउवालाई मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण | Khabarhub Khabarhub

देउवालाई मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार ललितपुरको च्यासलमा भएको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आइतबार प्रधानमन्त्री देउवाले संसदमा पेश गरेको विश्वासको प्रस्तावमा एमालेका नेपालसहित २२ सांसदले पक्षमा मत दिएका थिए । एमाले सांसदको पनि मत पाएपछि देउवाको पक्षमा कुल १६५ मत प्राप्त भएको थियो ।

यस्तै, दशौँ केन्द्रीय कमिटी बैठकमा परिणत भएको बैठकले विघटित कार्यदलले पेश गरेको पार्टी एकताको १० बुँदे सहमति समेत अनुमोदन गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : ५९ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका