डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलासा | Khabarhub Khabarhub

डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलासा


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालयका एकजना डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलेको छ ।

इन्जिनियरिङ संकायका डीन अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् ।  विश्वविद्यालयले नियुक्तिको आधिकारिक जवाफ माग गर्दै ऊर्जा मन्त्रालयलाई पत्र पठाएको छ ।

पत्रको जवाफ भने नआइसकेको विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घिमिरेले मलेशियाको लिंकन विश्वविद्यालयबाट पीएचडी (विद्यावारिधि) गर्ने भन्दै २०७७ मंसिर २५ गतेदेखि लागू हुने गरी एक वर्षको अध्ययन बिदा लिएका थिए ।

अध्ययन बिदा लिएका उनले विद्युत उत्पादन कम्पनी लिमिटेडमा चारवर्षे अवधि रहने प्रबन्ध निर्देशक पदमा नियुक्ति लिएको थाहा पाएपछि ऊर्जा मन्त्रालयका सचिवलाई नियुक्तिको आधिकारिक जानकारी गराउन पत्र पठाइएको हो ।

ऊर्जा मन्त्रालयको सचिव विद्युत उत्पादन कम्पनी लिमिटेडको अध्यक्ष रहने व्यवस्था भएकाले सचिवलाई पत्र पठाएको सिंहले बताए । घिमिरेले पहिला तलब पाउने गरी बिदा लिए पनि राजनीतिक नियुक्ति लिएपछि तलब रोक्का गरिएको उपकुलपति सिंहले बताए ।

नियुक्त भएको प्रमाणित भए घिमिरेलाई कानुन बमोजिम कारबाही हुने उपकुलपति सिंहले बताए । घिमिरे तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीको पालामा नियुक्त भएका हुन् ।

विश्वविद्यालयको कार्यकारी परिषदको २०७७ फागुन २३ गते बसेको बैठकले ऊर्जा मन्त्रालयसँग घिमिरेको नियुक्तिबारे स्पष्ट जानकारी माग्ने निर्णय गरेको थियो । सो निर्णयपछि गत वैशाख १९ गतेको मितिमा विश्वविद्यालयले ऊर्जा मन्त्रालयलाई पत्र लेखेर जानकारी मागेको हो ।

घिमिरे सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ केन्द्रीय क्याम्पसको सहप्राध्यापक हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : २० बजे

अर्बौँ रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरेको विवादको मार

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन