ओलीको निर्देशन : एमालेमाथि हमला शुरू भएको छ, प्रतिवादका निम्ति तयार रहनू « Khabarhub

ओलीको निर्देशन : एमालेमाथि हमला शुरू भएको छ, प्रतिवादका निम्ति तयार रहनू


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरु गरेको भन्दै सशक्त प्रतिवादका निम्ति तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

एमाले केन्द्रीय कमिटीको दशौं बैठकलाई सोमबार तुलसीलाल प्रतिष्ठान च्यासलमा सम्बोधन गर्दै ओलीले एमाले पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान आफूले गरिसकेको र प्रतिवादका लागि तयार हुनुपर्ने बताएका हुन् ।

कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको उनको भनाइ छ । उनले आफू नेतृत्वमा रहँदा सरकारले धेरै राम्रा काम गरेपनि केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि सरकारले गरेका राम्रा कामहरूको विरोध गरेको दाबी गरे । ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानून र लोकतान्त्रिक प्रक्रिया अनुसार मुलुकको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दाबी पनि गरे ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता माधव नेपालसहितका सांसदले पार्टी विधिविधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए ।

पार्टीको निर्णय नमान्ने सांसदहरूको क्रियाकलाप पार्टी अनुशासनको दृष्टिले र कम्युनिष्ट आन्दोलन, जनताको भावनाका सबै दृष्टिले सर्वथा अनुचित, अनुशासनहिन र गलत कार्य भएको प्रवक्ता ज्ञवालीले बताए । असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमा नै बैठक बसेको उनको भनाइ थियो ।

प्रवक्ता ज्ञवालीका अनुसार बैठक मंगलबार ३ बजे फेरि बस्नेछ । यसैबीच केन्द्रीय कमिटी बैठक बसिरहेको बेला बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठानबाहिर कार्यकर्ताले जनमतको अपमान गरेको भन्दै माधव नेपालसहितका नेतालाई कारवाहीको लागि दबाब दिएका थिए ।

ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका कार्यकर्ता र अखिलको समूहले जनताले सूर्यमा भोट हालेर जिताएका तर संसदमा कांग्रेसलाई भोट दिएको भन्दै त्यस्ता नेतालाई कारबाही गर्न माग गरेका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ५ : ४० बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा