सिभिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, ९ प्रतिशत ब्याजदर दिने « Khabarhub

सिभिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, ९ प्रतिशत ब्याजदर दिने


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिभिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले अंकित मूल्य १ हजार दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो।

‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ नामको यस ऋणपत्र निष्काशन तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलसँग बैंकको सम्झौता भएको छ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारशमणि ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयूक्त हस्ताक्षर गरे।


जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन्।

प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्ब, ग्लोबल आइएमई क्यापिटलले ३० करोड, प्रभु क्यापिटलल ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन्।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : ०५ बजे

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ– अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न

कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

दाङ– थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन