कोरोना खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराउन सरकारको आग्रह « Khabarhub

कोरोना खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराउन सरकारको आग्रह


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन उत्पादक मुलुकलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देश र संस्थालाई धन्यवाद दिने र खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराईदिन निर्णय गरेको मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन उत्पादक वा अन्य मित्रराष्ट्रलाई आह्वान गर्ने निर्णय भयो ।’

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा आगामी साउन ६ गते सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ । त्यस्तै सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुने गरी विपद संकटग्रस्त क्षेत्र घोषण गर्ने निर्णय गरेको हो ।

यसअघि बसेको बैठकले विभिन्न देशका लागि ओली सरकारले सिफारिस गरेका ११ जना राजदूत नियुक्तिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।

यसैगरी, भारतसँग सातामा एउटा मात्रै उडान रहेकोमा अब त्यसलाई बढाएर सातामा तीनवटा उडान सञ्चालनको अनुमति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : १९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने