२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ८३३ जनाको पीसीआर परीक्षणबाट १ हजार ६४२ र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी जम्मा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २५८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ७, उदयपुरमा ५, ओखलढुंगामा १५, खोटाङमा १, झापामा १२९, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा ११, पाँचथर १, भोजपुरमा ३, मोरङमा १०२, सोलुखुम्बुमा १ र सुनसरीमा १८४ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १७, पर्सामा १, बारामा १, महोत्तरी ९, सप्तरीमा ९, सर्लाहीमा ३ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३३०, काभ्रेमा ४, चितवनमा ७२, दोलखामा २१, धादिङमा ४४, नुवाकोटमा ३२, भक्तपुरमा ८८, मकवानपुरमा ५३, रसुवा २, रामेछापमा ५, ललितपुरमा ५६, र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १६०, गोरखामा २५, तनहुँमा ८, नवलपरासी पूर्वमा ५१, पर्वतमा १, लमजुङमा ७, बागलुङमा ५ र स्याङजामा ११ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७, कपिलवस्तुमा ३, गुल्मीमा १२, दाङमा ११, नवलपरासीमा २, पाल्पामा ८, प्युठानमा ४, बर्दियामा ५, बाँकेमा ५, र रुपन्देहीमा ३६ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा २, दैलेखमा १, सल्यानमा २ र सुर्खेतमा ३ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १३, कैलालीमा २८, डडेल्धुरामा ३, दार्चुलामा १, बझाङमा १ र बाजुरामा २ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : ३५ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर