जितिया पर्वको निराहार व्रत समापन « Khabarhub

जितिया पर्वको निराहार व्रत समापन


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ ।

तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ (दर) खाएर महिलाले व्रत सुरु गरेका थिए । शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् ।

व्रतको दोस्रो दिन महिलाले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजाअर्चना गरी सन्तानको दीर्घायुको कामना गरेका थिए ।

पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गर्ने परम्परा छ । विशेषगरी मिथिला तथा तराई–मधेसका जिल्लाका साथै काठमाडौँलगायत सहरमा रहेका मैथिल समुदायले जितिया पर्व मनाउने गर्छन् ।

जितिया कठोर व्रतमध्ये एक मानिन्छ । महिलाले सन्तानप्रति मातृभाव र समर्पण प्रकट गर्दै एक दिन–एक रात निराहार उपवास बस्ने परम्परा छ । यो व्रतका प्रभावले सन्तानको दीर्घायु हुने जनविश्वास छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ९ : ३४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का