कांग्रेस नेतृत्वको सरकारले जनपक्षीय काम गर्नेछ : मोहन बस्नेत « Khabarhub

कांग्रेस नेतृत्वको सरकारले जनपक्षीय काम गर्नेछ : मोहन बस्नेत


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले कांग्रेस नेतृत्वको सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै जनपक्षीय काम गर्ने बताएका छन् ।

सोमबार भक्तपुरमा कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ पार्टी प्रवेश तथा अगुवा कार्यकता भेलामा उनले संकटमा परेको लोकतन्त्र र संविधानको रक्षा गर्दै कांग्रेसले जनपक्षीय काम गर्ने बताएका हुन् ।

नेता बस्नेतले कांग्रेसले नै संविधानको रक्षा गर्ने भएकाले अन्य दलले पनि कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेको धारणा राखे । उनले केपी ओलीलाई साथ दिएर राष्ट्रपतिले समेत असंवैधानिक काम गरेको बताए । त्यस्तै उनले सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता वितरणमा भेद्भाव भएको आरोप लगाए ।

उनले अन्य दलको उजुरीका आधारमा कांग्रेस सिन्धुपाल्चोकलाई विवादमा तान्न खोजिएको भन्दै आपत्ति जनाए । उनले कार्यकर्ताको उचित व्यवस्थापन गर्न नसके आगामी दिनमा नया क्रियाशील सदस्य कांग्रेसमा नआउने बताए ।

कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई नेता बस्नेतले कांग्रेस प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ७ : १४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले