सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त क्षेत्र घोषणा « Khabarhub

सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त क्षेत्र घोषणा


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम असोज मसान्तसम्म लागू हुने गरी दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसवर्ष बाढी र पहिरोबाट सबैभन्दा बढी क्षतिग्रस्त सिन्धुपाल्चोक र मनाङलाई विपद्‌ संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिएका हुन् ।

यस वर्ष सिन्धुपाल्चोकमा आएको बाढीले २६ जनाको घर बगेको छ भने ५६९ जना विस्थापित भएका छन् ।
सिन्धुपाल्चोकमा जेठ ३१ देखि आजसम्ममा मनसुनजन्य घटनामा परी २० जना बेपत्ता भएका छन् भने ५ जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रले जनाएको छ ।

यस्तै मनाङमा बाढीमा परेर ५० घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

यस वर्ष मनसुनबाट ६३ जनाको मृत्यु भएको, ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ०१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने