त्रिविका कुनै पनि परीक्षा नरोकिने, विद्यार्थी भने आन्दोलित « Khabarhub

त्रिविका कुनै पनि परीक्षा नरोकिने, विद्यार्थी भने आन्दोलित


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा तालिका सार्वजनिक गरेका कुनै पनि परीक्षा नरोकिने भएको छ ।

कोरोना महामारीको जोखिम कम नभएको भन्दै विद्यार्थीहरूले भौतिक उपस्थितिमा परीक्षा नगर्न आग्रह गरिरहे पनि त्रिविले भने परीक्षा नरोकिन जनाएको हो ।

स्नातक प्रथम वर्षका विद्यार्थीहरुले तत्काल भौतिक उपस्थितिमा परीक्षा दिन नसकिने भन्दै विरोध जनाइरहेका छन् । तर त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने कुनै पनि परीक्षा नरोकिने बताए ।

विद्यार्थीहरुका माग सम्बोधन गर्न नसकिने भएकाले परीक्षा नरोकिने परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।
परीक्षाको तयारी सम्पन्न भइसकेको र धेरै विद्यार्थीहरु भएकाले अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले भौतिक रुपमा नै परीक्षा सञ्चालन हुने उनले बताए ।

कोरोना महामारी तीव्र रुपमा बढेर परीक्षा नै सञ्चालन गर्न नसक्ने अवस्था आएको खण्डमा बाहेक अन्य परिस्थितिमा परीक्षा नरोकिने उनको भनाइ छ ।

उनका अनुसार, विद्यार्थीहरूको सहजताको लागि त्रिविले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयलगायत सबै निकायलाई आग्रह गरिसकेको छ । प्रवेश परीक्षा देखाएपछि विद्यार्थीहरुले सहज रुपमा आवतजावत गर्न पाउने गरी व्यवस्था मिलाइएको उनले बताए ।

उनले भने, ‘अधिकांश विद्यार्थीले परीक्षा सञ्चालन गर्नुपर्छ भन्ने धारण राखेकाले एकाध विद्यार्थीले हुँदैन भन्दैमा परीक्षा रोकिदैन ।’

विद्यार्थीहरुलाई खोप प्रदान गर्नका लागि पनि सम्बन्धित निकायसँग त्रिविले पहल गरिरहेको उनले जानकारी दिए ।

‘त्रिविले यसअघि नै सूचना जारी गरेर विद्यार्थीलाई पायक पर्ने ठाउँमा सेन्टर रोज्न सक्ने व्यवस्था मिलाएकाले आन्दोलनको कुनै अर्थ छैन’ नियन्त्रक जोशीले भने ।

परीक्षा सेन्टरहरुमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ लागू हुने भएकाले ढुक्क भएर परीक्षाको तयारी गर्न उनले विद्यार्थीहरुलाई आग्रह गरे ।

स्नातक प्रथम वर्षको वार्षिक परीक्षा यही साउन १० गतेदेखि सञ्चालन गर्ने गरी त्रिविले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।

परीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी

स्नातक तहको पहिलो वर्षका विद्यार्थीहरुले भौतिक उपस्थितिमा परीक्षा दिन आफूहरु तयार नभएकाले अनलाइन माध्यमबाट परीक्षा लिनुपर्ने माग राख्दै सोमबार परीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

तत्काल परीक्षा नगर्न आग्रह गरेपनि त्रिविले विद्यार्थीको आवाजलाई नसुनेको उनीहरूको गुनासो छ । स्वास्थ्य सुरक्षा विना नै परीक्षा सञ्चालन गराउन लागेकाले आफूहरु तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीहरूले बताएका छन् ।

पछिल्लो दुई वर्षदेखि स्नातक प्रथम वर्षको परीक्षा हुन नसकेको अवस्थामा त्रिविले भौतिक रुपमा परीक्षा सञ्चालन गर्न लागेको हो । तर अहिलेको कोरोना महामारीको विषम परिस्थितिमा परीक्षा दिन नसकिने भन्दै विद्यार्थीहरुले विरोध जनाएका हुन् ।

परीक्षा नियन्त्रण कार्यालयमा लगाईएको ताला विद्यार्थीको अनुमति बिना खोल्ने प्रयास गरे त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी त्रिविले नै लिनुपर्ने उनीहरूले चेतावनी दिएका छन् ।

तर, परीक्षा नियन्त्रकको सचिवालयले भने मंगलबार (भोलि) विद्यार्थीहरूसँग छलफल र सहमतिमा ताला खोलिने जनाएको छ ।

कोभिड–१९ को दोस्रो लहरका कारण गत वैशाखमा स्थगित स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षा भोलिदेखि पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमा नै सञ्चालन हुँदै छ । परीक्षा सञ्चालन हुने भएपछि परीक्षा नियन्त्रकको कार्यालयमा लगाइएको ताला जसरी पनि खोल्नु पर्ने अवस्था रहेको त्रिविले जनाएको छ । परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : २५ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा